काठमाडौँ, १० फागुन । दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुका बीचमा कुरा नमिल्दा व्यवस्थापिका–संसद्को बैठक स्थगन भएको छ । करिब दुई सातापछि आज अपराह्न १ बजे बस्ने भनिएको सदनको बैठक सत्ता साझेदारी दल र प्रमुख प्रतिपक्षी दलकाबीचमा सो विषयमा कुरा नमिलेपछि विशेष कारण जनाउँदै बुधबार अपराह्न २ बजेसम्मका लागि…