पर्वत २६ फागुन । जिल्लामा भित्रिने सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा सडकमै खर्चिने गरेपनि यहाँको एक विकट गाउँका बासिन्दाले रु १८ लाख ऋण र चन्दा खोजेर गाउँसम्म सडक पु¥याउन बाध्य भएका छन् । उत्तरी पर्वतको बाँसखर्क–९ मालगाउँका बासिन्दाले चर्को ब्याजदरमा ऋण काँढेर सडक निर्माण गर्न बाध्य भएका हुन् । उनीहरुले लेकफाँटको लोप्रे सिमल्टेचौरदेखि मालगाउँसम्म जोड्ने…