काठमाडौँ, ५ पौष । बाक्लो हुस्सु र कुहिरोका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप बढेको छ । बिहान केही समय भएको माउन्टेन फ्लाइट पनि फेरि बन्द गरिएको थियो । उडानको पर्खाइमा रहेका यात्रुहरुका कारण आन्तरिक टर्मिनलको बिश्राम कक्ष भरिभराउ छ । मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर,…