काठमाडौँ, ८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ/सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ/सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन,…