काठमाडौँ, १२ भदौ । तुर्किस्तान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जोरपाटी क्षेत्रबाट रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङ पक्राउ परेको हो । उनले भोजपुरका उमेशकुमार तामाङलाई तुर्किस्तानमा सेक्यूरिटी गार्डमा जागिर लगाइदिन्छु भनेर ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको उजुरी परेको थियो । प्रहरीका अनुसार तामाङले अन्य…