काठमाडौँ, २ असार । राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ । बिजुलीबजारमा आज बसेको राजपाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । सरकारले राजपासँग गरेको सम्झौता विपरीत एकतर्फी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने…