आन्दोलन मर्यादित र व्यवस्थित बनाउने तयारी

काठमाडौंः नेकपा (एमाले) ले आफूसहित नौ विपक्षी राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि मर्यादित व्यवहार प्रदर्शन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेका सचिव एवम् केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीका अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको आजको बैठकले जनप्रदर्शनका तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै तोकिएको नारा मात्र प्रयोग गर्न र…