काठमाडौँ, ३१ जेठ । सडक विभागले वर्षायाममा सडक नखन्न सबैलाई आग्रह गरेको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने…