गर्मी बढेपछि धनगढीका विद्यालयमा सात दिन बिदा

काठमाण्डौ,१८ जेठ । कैलालीलगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको…