सिरोहिया प्रकरणमा प्रधानमन्त्रीले भने बढ्ता होहल्ला गर्न जरुरी छैन

काठमाण्डौ, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् । काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउका विषयमा बढ्ता होहल्ला गर्न जरुरी नभएको उनको भनाइ छ । ुअदालतले प्रक्रिया अघि बढाउ भनेपछि अघि बढेको विषय हो । बढ्ता होहल्ला गर्न जरुरी…