सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । प्रहरीले नाम भने खुलाएको छैन । नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।…