मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौँ, २७ असोज । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक विशेष समारोहबिच अध्यक्ष डा.दत्तले आयोगको पाँचौं वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् । आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षमा आयोगमा…