काठमाडौँ, ८ साउन । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न लिखित प्रस्ताव गर्दै एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) राख्न प्रस्ताव गरेको छ । नेसपाका अध्यक्ष महिन्द्र राय यादवका अनुसार गत जेठमै माओवादी केन्द्रसमक्ष यस्तो प्रस्ताव पठाइएका हो । 'माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्न हामीले…