काठमाडौँ, ११ जेठ । चालु आर्थिक वर्षमा मुलुकमा उपलब्ध कुल आम्दानी (खर्चयोग्य आम्दानी) भन्दा कुल खर्च करिब सवा २ खर्ब रुपैयाँले बढी हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । यो रकम चालु आवको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब चार प्रतिशत हो । कार्यालयका अनुसार चालु आवमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिम उपभोग गरी कुल…