काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । आज ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताए । उनले भने, ‘वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका…