काठमाडौँ, १ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा नेकपाका केन्द्रिय सदस्य, युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जिम्मेवारी प्राप्त गर्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले सांसद बस्नेतलाई इन्चार्ज तोकेको हो । त्यस्तै सहइन्चार्ज संघकै अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखालाई तोकेको छ ।…