काठमाडौँ, ६ असार । गत जेठ महिनाको तेस्रो साता प्रहरी प्रधान कार्यालयले नियमित सरुवा गरेतापनि सुविधानगर तिनकुने क्षेत्रमा सिसिटिभि जडानको काम नसकिएको कारण आफ्नो कार्यभार सुम्पिन नपाएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले अन्ततः बिहीबार वृत्तका नयाँ प्रमुख दुर्गाराज रेग्मीलाई कार्यभार सुम्पेका छन् । डिएसपि काफ्लेको विदाई तथा रेग्मीको स्वागतमा वृत्तले एक कार्यक्रम…