कार्यकर्तालाई उद्धारमा खट्न देउवाको निर्देशन

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खट्न निर्देशन दिनुभएको छ । उहाँले आइतवार साँझ बारा–पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न निर्देशन दिनुभएको हो । उहाँले आफ्नो सामाजिक सञ्जाल ट्विटमा देउवाले लेख्नुभएको छ, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा खटिन निर्देशन…