त्रिवि डिन कार्यालयले ३ सहायक डिन मात्र नियुक्त गर्न पाउने

काठमाडौँ, १४ माघ । त्रिभुवन विश्वविद्यालयले मातहतका अध्ययन संस्थान र संकायका कार्यालयमा बढीमा ३ जना मात्रै सहायक डिन नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । कार्यकारी परिषद्को शुक्रबार बसेको बैठकले ९ वटै संस्थान र संकाय डिन कार्यालयमा लागू हुने गरी उक्त निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए । यसअघि राजनीतिक भागबन्डाका आधारमा ४ जनासम्म सहायक डिन नियुक्त…