विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

काठमाडौँ, ९ जेठ । विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध बुधबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बिगो मागसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो…