काठमाडौँ, २५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए । राष्ट्रपति…