काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व गर्नेले मात्रै शान्तिको महत्त्व बुझ्ने बताएका छन् । आज लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी नेतृत्व नै शान्तिको महत्त्वलाई गहिरो गरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताए । उनले भने, “हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र…