सुर्खेत, ३० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको कार्यान्वयन तीव्र नभएको बताएका छन् । मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएका हुन् । संघीयता कार्यान्वयनमा केही अपुगताहरु रहेको बताउँदै प्रशासनिक रुपमा पनि जटिलता रहेको उनको भनाइ छ । संघीयता लागु भएपश्चात प्रदेशमा कानुनहरु समेत आवश्यकता अनुसार बन्न…