नवनियुक्त राजदूत ढुङ्गानाद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौँ, २५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ दिलाउनुभएको छ । गएको चैत १८ गते राजदूतमा नियुक्त हुनुभएका परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।