काठमाडौँ, ५ कार्तिक । नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेका छन् । दशैं, गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन र मुख्य पर्यटकीय मौसमका कारण नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेको निगमले जनाएको छ । निगमले दशैंयता प्रतिउडान औसत २ सय यात्रुलाई सेवा दिइरहेको छ । सुरुआती दिनमा न्यून यात्रुबाट सेवा सुरु गरेको भए पनि चाडबाड…