मोरङ, १२ भदौ । मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बुधबार सामुदायिक बनमा रुखमा चढेर घाँस झार्ने क्रममा लडेर बेलबारी-२ का ३२ वर्षीय जिवन श्रेष्ठको मृत्यु भएको हो । लडेर घाईते भएका श्रेष्ठको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।