घुस रकमसहित सवइञ्जिनियर पक्राउ

काभ्रे, २ भदौ । बनेपा नगरपालिका–११ का सबइञ्जिनीयर आकाश श्रेष्ठले भूकम्पपीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग रु २५ हजार घुस मागेको अभियोग छ…