रुपन्देही, ३ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० कान्छीबजारको एक पसलमा आगलागी भएको छ । गएराति ११ बजेतिर स्थानीय गोपाल अर्यालको थोक किराना पसलमा आगलागी भएको हो । आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ । पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्यलगायतका सामान जलेर नष्ट भएका छन् ।…