चितवन, २० साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई आज बिहान करिब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । ट्रकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रक…