काठमाडौँ, २२ साउन । बस दुर्घटनामा परी दाङमा १४ जना घाइते भएका छन् । मंगलबार तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोलामा ओभरटेक गर्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान…