काठमाडौँ, ९ असार । छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट) अनिवार्य गरिएको छ । भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि…