काठमाडौैँ, ६ जेठ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई पक्राउ गरेको छ । दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो । ‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले…