आरुघाट बजार बन्द

गोरखा, ४ चैत । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले सोमबार आरुघाट बजार बन्द गराएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको छिटो मुआब्जा निर्धारण गर्न माग गर्दै बजार बन्द गरिएको हो । आरुघाट क्षेत्रमा बजार र यातायात मात्रै बन्द गरेर सांकेतिक विरोध गरिएको बताइएको छ ।…