सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ३२ जेठ । सरकारले यही असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो । सरकारले २०८० माघ २९…