दुई किलो चाँदीसहित एक महिला पक्राउ

काठमाडौँ, २९ वैशाख ।  दुई किलो पाँच ग्राम चाँदीसहित झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर एयरपोर्टबाट एक महिला पक्राउ परेकी छन् । प्रहरीका अनुसार भारतको उत्तराखण्डस्थित देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई शुक्रबार (हिजो) साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी बुद्ध एयरको उडानमार्फत काठमाडौँ आउन लागेकी थिइन् । जाँच गर्ने क्रममा झोलामा रहेको उक्त धातु फेला पारी पक्राउ…