काठमाडौँ, ९ वैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दागपास्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार स्थानीय कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो । शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर…