काठमाडौँ, २२ चैत । झापाको बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको हो । श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ…