काठमाडौँ, २८ माघ । नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’…