काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सागरनाथ वन अतिक्रमण गरी खानीजन्य पदार्थबाट संकलित राजस्व तथा भरत ताललगायत संरचना निर्माणको क्रममा…