काठमाडौँ, १९ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको छ । उद्योगले विभिन्न किसिमका मसलालगायत खाद्य पदार्थ उत्पादन गरी बजारीकरण गर्दै…