नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध

काठमाडौँ, १२ भदौ । नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । बुधबार न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले हस्ताक्षर गरेका छन । योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ…