भक्तपुर, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा भक्तपुरको विकास आर्थिक अभावले नरोकिने बताउनुभयो । बुधबार नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना इकाई (शिक्षा) भक्तपुरद्वारा निर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित बालशिक्षा आधारभुत विद्यालयको ४ कोठे पक्की भवन…