लैंगिक समानताका उपलब्धि संस्थागत हुनुको साटो कमजोर हुँदैछ : पूर्वराष्ट्रपति भण्डारी

रूपन्देही, १७ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताका प्राप्त उपलब्धि संस्थागत हुनुको साटो बिस्तारै कमजोर हुन लागेको भन्दै त्यसमा संवेदनशील हुन आग्रह गरेकी छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा शनिबार आयोजित लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लैंगिक समानताका पक्षमा नीतिगत र कार्यक्रमगत परिवर्तन भए पनि समाजमा जरा गाडेर बसेको भेदभावले महिलामाथि हिंसा…