काठमाडौँ, ७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारी, बिचौलिया र भूमाफिया कसैलाई पनि नछाडिने बताएका छन् । उनले यी तिनै पक्ष मुलुकको विकास र सुशासनका लागि अवरोधक भएकाले अख्तियारले उनीहरू माथि कठोर कदम चाल्ने चेतावनी दिएका हुन् । घिमिरेले मकवानपुरमा आयोजित कार्यक्रममा बोल्दै सरकारी जग्गामा भएको अनियमितताबारे आयोगले विशेष निगरानी…