राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा छु : भीम रावल

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् । आज काठमाडौँमा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् ।  उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रूपमा निषेध गर्न खोजिएको…