काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको कार्यान्वयनका निम्ति आवश्यक कानुन बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका हुन् । कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्दा समेत नेपालको संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रूपरेखा…