प्रधानमन्त्रीद्वारा पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्न निर्देशन

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘पुँजीगत शीर्षकमा विनियोजित बजेट किन खर्च हुँदैन ?’ भनी प्रश्न गरे । उनले भने, “चालु आर्थिक वर्षको पहिलो ६…