सौर्य रुफटप प्रणाली जडानको सम्भाव्यताबारे छलफल

काठमाडौँ, १३ चैत । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य रुफटप प्रणाली प्रवर्द्धन सम्बन्धमा निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन) सँग अन्तर्क्रिया कार्यक्रम गरेको छ । मध्यबानेश्वर स्थित केन्द्रको कार्यालयमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा केन्द्रतथा केन्द्र अन्तर्गतका कार्यक्रमहरु, प्याब्सन, सौर्य ऊर्जा प्रवर्द्धनमा क्रियाशील निजी क्षेत्रका कम्पनी तथा सो को छाता संगठन (सिम्यान), ऊर्जा सेवा प्रदायक कम्पनीबाट ४०…