काठमाडौँ, १२ माघ । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते सडक आन्दोलनसहित काठमाडौँ महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएर १६ गते जनप्रदर्शनसहित महानगरमा धर्ना दिने जानकारी दिएको छ । सबै फुटपाथ व्यवसायीलाई भेला गरेर माघ २८ गते…