बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल 

काठमाडौँ, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । आज काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गरे । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताए ।…